• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

बनगाड कुपिण्डे नगरपालिकाले यी क्षेत्रमा छुट्यायो ४७ करोड बढीको बजेट ?


इन्द्र बुढाथोकी असार ११, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले ४७ करोड ३८ लाख ८६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको पाचौं नगरसभामा आर्थिक वर्ष २०७६/०७७ को लागी बजेट प्रस्तुत गरिएको हो ।

प्रस्तुत भएको बजेटमा चालू तर्फ २८ करोड १० लाख र पुँजीगत तर्फ १९ करोड १० लाख रहेको छ । आन्तरिक राजश्व तर्फ ५० लाख अनुमानित गरिएको छ । नेपाल संघिय सरकारबाट ३३ करोड ११ लाख, राजस्व बाँडफाँड संघीय र प्रदेश सरकारबाट बितिय सामान्यीकरण अनुदान बापत ११ करोड २९ लाख ४२ हजार विनियोजन गरिएको छ ।

जस अन्तर्गत वितिय सामानिकरण तर्फ १ करोड ५ लाख ४४ हजार, पुर्वाधार सडक तर्फ ५ करोड ३९ लाख, उज्यालो (बिधुत)मा १ करोड २४ लाख, नगरपालिकाको भवन निर्माण २ करोड, सामुदायिक बिध्यालयको गुणस्तरीय शिक्षाको लागि २ करोड ११ लाख, स्वास्थमा १ करोड ५५ लाख, खानेपानीमा १ करोड ८९ लाख, विपत व्यवस्थापनमा १ करोड ६८ लाख ८६ हजार, कृषि तर्फ ५० लाख, सिचाँइमा ६९ लाख, भाषा सास्कृतिक तथा कलातर्फ ५० हजार, कुपिण्डे तालको डिपिआर तथा पुर्वाधार तर्फ ४० लाख, युवा खेलकुदमा २० लाख, खेलकुद फिल्ड निर्माणमा २० लाख, लक्ष्यित बर्गको लागि ८० लाख र कार्यालय व्यवस्थापन लगाएत बिबिध क्षेत्रमा ९ करोड ५० लाख बजेट प्रस्तुत भएको छ ।

नगरसभाको उद्घाटन सल्यान प्रदेश ‘क’ सांसद तथा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाबजंग शाहले गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै सांसद शाहले बनगाड कुपिण्डेको छुट्टाछुट्टै पहिचान भएकोले यसमा सबैले मिलेर जनताको काम गर्नु पर्ने बताएका छन् ।

नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख गोविन्द कुमार पुनले समृद्ध नगरपालिका निर्माणका लागि, नगर भित्रका पर्य्किय क्षेत्र, मौलिक कला सास्कृतिक, लगाएत शैक्षिक क्षेत्रमा सुधार ल्याउने पर्ने बताएका छन । वडा कार्यालयहरुमा तत्काल ईन्टरनेट सेवा र्पुयाउने र स्वास्थ कार्यालय नभएको वडामा यसै वर्ष स्वास्थ कार्यालयको व्यवस्थापन गर्ने बताएका छ्न ।

कार्यक्रममा नगर उपप्रमुख मन्जु यरिले बजेट प्रस्तुत गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार