• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सिम्ता गाउँपालिकाले ल्यायो ३९ करोड ५२ लाख बराबर बजेट


इन्द्र बुढाथोकी /असार ११ सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ छैठौं गाउँ सभा (बजेट अधिवेशन)मा ३९ करोड ५२ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । सामाजिक, आर्थिक तथा सस्थागत विकासका लागि पुर्वाधार सुशासन युक्त सिम्ता गाउँपालिकाको मुल नाराका साथ सुरु भएको सभामा गाउपालिकाले तिन वटा उद्देश्य लगेको छ । जस अन्तर्गत उज्यालो सिम्ता, प्रत्येक वडामा पहुँच मार्ग र जनता सँग सिम्ता गाउपालिका नीति रहेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को लागि ३९ करोड ५२ लाख ४८ हजार बजेट विनियोजन गरिएको छ । जसमा अन्तर सरकारी वितिय हस्तान्तरण सशर्त अनुदान  तर्फ  १८ करोड ३४ लाख र चालू तर्फ १० करोड ८४ लाख ३६ हजार, पुजीगत ५ करोड ७९ लाख १२ हजार रहेको छ ।

वडा कार्यालय अनुदान तर्फ ३ करोड ६० लाख र सम्पुरक कोषमा १ करोड बजेट प्रस्तुत गरिएको छ । त्यसै गरि विषगत तर्फ आर्थिक विकासमा १ करोड ५० लाख, समाजिक विकासमा २ करोड ७८ लाख, पुर्वाधार विकासमा ९ करोड ९१ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ३० लाख, संस्थागत विकासमा ५१ लाख ५० हजार र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड १७ लाख बराबरको रकम विनीयोजन गरिएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षलाई अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्य आन्तरिक राजश्व ५० लाख रहेको छ । नेपाल सरकारबाट प्राप्त सर्सत अनुदान बापत हुने  १८ करोड ३४ लाख रहेको छ । त्यसै गरि नेपाल सरकार वितीय सामानीकरण अनुदान तर्फ १० करोड १३ लाख राजश्व वाँडफाँड वापत ८ करोड ८७ लाख,अर्को प्रदेश सरकारबाट वीत्तीय सामान्यीकरण अनुदान वापत १ करोड २ लाख ५१ हजार र राजश्व वाडफाँड वापत १० खा ९७ हजार गत वर्षको मौज्दात ५५ लाख रहेको समेत वताएको छ ।

सिम्ता गाउँपालिकाले गाउपालिका भित्र भएका सम्पुर्ण विध्यालयहरुमा बिधुतिय हाजिरिको व्यवस्था गरिने बताएको छ । स्वास्थ सेवा अब शनिबार पनि सन्चालन हुने र काम गर्ने कर्मचारीलाई प्रोत्साहन बापत भताको व्यवस्था गरिने बताएको छ । गाउपालिका भित्र भएका सम्पुर्ण पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकता दिएको छ ।

छैठौ गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले गरेका थिए । नीति तथा कार्यक्रम र वजेटको बारेमा दफावार छलफल असार ३० गते सम्म गरिने अध्यक्ष केसिले बताएका छ्न ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार