• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बागचौर नगरपालिकाले साढे ४९ करोडको बजेट ल्यायो


असार ११, सल्यान । सल्यानको बागचौर नगरपालिकाले ४९ करोड ४९ लाख ४९ हजारको बजेट ल्याएको छ । आगामी आर्थीक वर्ष २०७६/०७७ को नीती तथा कार्यक्रमको लागी विभिन्न ११ बुँदे कार्यक्रमहरुलाई आफनो मुख्य प्राथमीकतामा नगरले राखेको छ ।

मंगलबार भएको पांचौं नगरसभाले नगर भित्र शहीद रिंगरोड, बिद्युतीकरण, नगरका मुख्य सडकहरु, शुद्ध खानेपानी, अग्लाटाकुरा भ्यु टावर, कृषी तथा पशुपालन, सबै वडामा स्वास्थ्य चौकी तथा क्लिनिक बिस्तार, नगर स्तरीय खेलमैदान तथा रंगशाला नीर्माण, चिस्यान केन्द्र निर्माण, पानीका मुहान संरक्षण, रिचार्ज पोखरी नीर्माण, बाल उद्यान, जेष्ठ नागरिक भेटघाट स्थल, माध्यमिक विद्यालयमा प्राबिधीक शिक्षा, शहिद पार्क, शहिद स्तम्भ, जनयुद्ध स्मृती संग्रालय, नगर क्षेत्र भित्रका सरकारी कार्यालय, सार्बजनिक विद्यालय र स्वास्थ्य संस्थाका भवनहरुको रङ्घ क्षेत्रगत रुपमा एउटै बनाउने प्रस्ताव अघि सारेको छ ।

नगरसभामा उपप्रमुख कल्पना पुनले कृषी, पशुसेवा, पर्यटन, घरेल्ु तथा साना उद्योग, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा, खेलकुद, कला साहीत्य, सडक, सींचाइ, बिद्युत, भवन आवास, वन, भुसंरक्षण, बिपद व्यवस्थापन, बजार, सुशासन, कानुन, सुचना प्रबिधि, गैरसरकारी संस्था, राजस्व, जुवातास मदीरा, सुरक्षा लगायत अन्य नीती तथा कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् ।

नगर सभाको उद्घाटन प्रतिनिधी सभा सदस्य टेक बहादूर बस्नेतले गरेका हुन् । उनले समृद्ध देश नीर्माणको लागी चालु खर्च भन्दा पनि पुजीगत लगानी बढाउनु पर्ने बताए ।  नगरप्रमुख लोकमान बुढाथोकीले उक्त बजेट जनतामूखी भएको दाबी गरे ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार