• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको कुमाख गाउँपालिकाले ३६ करोडको बजेट ल्यायो


असार ११, सल्यान । सल्यानको कुमाख गाउँपालिकाले कुषि शिक्षालाई विद्यालय स्तरदेखि नै समाहित गरी कृषि पेशालाई आकर्षित गराउने कार्यक्रम ल्याउने जनाएको छ ।

स्थानीय स्तरमा कृषकहरूलाई उत्पादन सामग्री र प्राविधिक सेवा आपूर्ति गर्न कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्रलाई एकिकृत कृषि तथा पशुपन्छी ज्ञान केन्द्रको रूपमा रूपान्तरण गरी प्रत्येक वडामा जनशक्तिको क्षमता अभिवृद्धि गर्दै कृषकहरूलाई सेवा सुविधा उपलब्ध गराउने नीति लिइने जनाएको हो ।

‘‘कृषि, शिक्षा, पर्यटन कुमाखको आधार, आत्मनिर्भर अर्थतन्त्र घरघरमा रोजगार’’ भन्ने नारा लिएको कुमाख गाउँपालिकाले गाउमा नै रोजगार दिनेगरी विभिन्न कार्याक्रम ल्याएको छ । विहिबार गाउपालिको अध्यक्ष दिलमाया बुढाले निति तथा कार्यक्रम र उपाध्यक्ष डिल्लीराज जैशीले आर्थिक कार्यक्रमको बारेमा जानकारी दिएका हुन ।

आर्थिक विकासमा कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी लाई जोड दिइएको छ भने सामाजिक विकास तर्फ शिक्षा, खानेपानी तथा सरसफाइ, संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, रोजगारी तथा सामाजिक न्यायलाई राखिएको छ ।

त्यस्तै पूर्वाधारको क्षेत्रमा सडक तथा पुल, सिंचाइ, भवन तथा सहरी विकास, सञ्चार, ऊर्जा, लघु तथा साना जलविद्युत, वन, वातारण तथा विपद् व्यवस्थापनलाइ राखिएको छ । गाउपालिकाले संस्थागत विकास, सेवा प्रवाह र सुशासनलाई पनि ध्यान दिएको छ ।

आ.व. २०७६/०७७ को बार्षिक बजेट तथा कार्यक्रम निर्माण तर्फका लागि ३६ करोड ६ लाख ३७ हजार विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिएका छन ।

गाउँपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान रकम रु. ९ करोठ ७७ लाख,  शशर्त अनुदान रकम १४ करोड ३१ लाख र राजश्व वांडफांड रकम रु. ८ करोड २५ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण रकम रु. १ करोड १ लाख २३ हजार, राजश्व वाडफाड रकम रु. ७लाख ३३ हजार रहेको छ । अन्य आयमा आन्तरिक आम्दानी को अनुमान रु. ४५ लाख र गत आ.व. को मौज्दात  रु. २ करोड १९ लाख ८१ हजार रहेको  छ ।

 

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार