• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

विप्लवको विद्यार्थी संगठनमा आवद्ध १५ बर्षका बालकलाई सल्यान प्रहरीले निगरानी कष्टमा राख्यो


असार १२, सल्यान । हिजो बुधवार बिहान पक्राउ परेका सल्यान कुमाख गाउपालिका ६ बडागाउँका १५ बर्षिय पुस्कर सुनारलाई प्रहरीले बम विस्फोटको मुद्दा लगाएको ।

विप्लवको विद्यार्थी संगठनमा आस्था राख्ने उनलाई जिल्ला अदालत सल्यानबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर पंचलाल गोलेले जानकारी दिए । जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत उनलाई हिजो बिहान घरबाटै पक्राउ गरिएको थियो ।

बालबालिकालाई हिरासतमा राख्न नपाउने नियम भएकाले उनलाई अहिले प्रहरीको निगरानी कष्टमा राखिएको इनिस्पेक्टर गोलेले बताए । बालक पुस्करलाई असार १० गते नेपाल बन्दको अघिल्लो रात बडागाउँको जंगलमा सिलिन्डर पट्काएको आरोपमा मुद्दा चलाएको उनले बताए ।

यता बालकका बुबा बीर बहादुर सुनारले कुनै विद्यार्थी संगठनमा आस्था राख्दैमा आफ्नो छोरालाई बिहानै एक्कासी प्रहरीले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको बताए । उनले भने’ “कुनै विद्यार्थी संगठनमा आस्ता राख्दैमा सरकारले पंच्यायत शासन जस्तै लाद्न खोज्यो, प्रहरीले झुटा मुद्दा लगायो ।” प्रहरीले गैरकानुनी ढंगले पक्राउ गरेर राखेको भन्दै उनले सम्पुर्ण मानवअधिकारकर्मीलाई आवाज उठाउन आग्रह गरे ।

यो पनिः  सल्यानमा १५ बर्षका बालकलाई प्रहरीले कब्जामा लियो

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार