• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

पश्चिमा शक्तीको डिजाइनमा ओली सरकारले झुटा मुद्दा लगायो : युवा संगठन


असार १२, काठमाडौं । युवा संगठन नेपालले पक्राउ परेका आफ्ना केन्द्रीय सदस्यलाई प्रहरीले झुटा मुद्दा लगाएको जनाएको छ । संगठनका केन्द्रिय सदस्य रबि लाई मकवानपुरको बकैया गाउपालिका अन्तरगत छत्तिवन जुरेलीबाट विनाकारण गिरफ्तार गरि झुटा मुद्दा लगाएको अध्यक्ष पाटन जंगलीले एक विज्ञप्तीमार्फत बताएका छन् ।

पश्चिमा शक्ती केन्द्र तथा विभिन्न साम्राज्यबादी शक्ती केन्द्रहरुको प्रत्यक्ष निर्देश र डिजाइनमा ओली सरकारले नेपाली जनतामाथी बर्बरता पुर्ण हर्कतहरु गरिरहेको भन्दै उनले पक्राउ परेकाहरुको रिहाइको माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “साम्राज्याबादिहरुको स्वार्थ पुरा गर्न अहोरात्र खटिएका कठपुतली केपि बादल मण्डलीहरुलाई यस प्रकारका हर्कत नगर्न हाम्रो संगठन चेतावनी दिन्छ ।”

देशैभरी जेल तथा हिरासत जिवन बिताइरहेका सम्पुर्ण क्रान्तिकारी योद्धाहरुको निषर्त रिहाई गर्न उनले माग गरेका छन् । रिहा नगरिए दमन विरुद्ध प्रतिरोध हुने उनको चेतावनी छ ।

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार