• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिका सबै वडाहरुलाई कृषी उत्पादन पकेट क्षेत्र बनाउने


असार १२, सल्यान । शारदा नगरपालिकाको पाचौ नगरसभा बैठक नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्दै आज सम्पन्न भएको छ। कुल ४५ करोड ६४ लाख ८३ हजार रुपैयाको बजेट स्वीकृत गर्दै सभा सम्पन्न भएकोहो ।

जसमध्य पुजिगत तर्फ १५ करोड १३ लाख २५ हजार र चालू तर्फ ९ करोड ९ लाख ८३ हजार रुपैया रहेको छ भने सशर्त अनुदान २१ करोड रहेको छ। बजेट पुर्वाधार निर्माण, आर्थिक बिकास, सामाजिक उत्थान, पर्यटकिय क्षेत्रको बिकाश, रोजगारिको सृजना, सिमान्तकृत वर्ग लक्षित कार्यक्रम लगाएत स्वास्थ्य, शिक्षा, विद्युत र सिचाइ जस्ता कुरामा केन्द्रित रहेको शानपा प्रवक्ता दिपक हमालले जानकारी दिए ।

“सम्बृद्ध समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरवाशी” भन्ने सोच र प्रविधियुक्त विकशित नगर, जनमैत्री सार्वजनिक सेवा भन्ने लक्ष प्रस्तुत गरेको बजेटले गणेशमान स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक जेस्ठ नागरिक हरुलाइ प्रतिमहिना ३ सय रुपैया आरोग्य भत्ता दिने, नगर मुकामबाट वडा मुकाम जोड्ने सडकहरुको स्तरिकरण सम्पन्न गर्ने, बिध्युतिकरण सम्पन्न गर्ने, सिचाइका लागि प्रयोग भैरहेको डुर र पाइप सिस्टम लाई बिस्थापित गरि पक्की कुलो हरु बनाउने, खानेपानी योजनाहरु अगाडि बढाउने, कृषि क्षेत्रको व्यावसायिक विकाशका लागि १५ वटै वडाहरुलाई उत्पादन पकेट क्षेत्र वनाउने, सडकयुक्त टोल बनाउने लगाएतका नीतिहरु निर्धारण गरि बटिङ्ग पनि गरिएकोछ।

बजेटमा शिक्षाको बिकासका लागि बिध्यालय अनुदान कार्यक्रम, स्वास्थ्य सेवा नपुगेका वडाहरुमा सहरी क्लिनिक हरुको स्थापना र लक्षितवर्गको सवलिकरणका लागि सवै वडा हरुमा समान कार्यक्रम हरुको व्यवस्था गरिएको छ। बजेटले नगरको धार्मिक प्रयटनको आधार खैरावाङ्ग क्षेत्रको बिकाश,सदरमुकाम खलङ्गामा प्रयटकिय गन्तव्य बनाउने उद्धेस्य स्वरुप पुरानोवसपार्कमा बि पि उद्धानको निर्माण,मार्केमा प्रजातान्तृक सेनानी हरि प्रसाद स्मृती प्रतिक्षालयको निर्माण जस्ता बिषयवस्तु पनि समेटेको छ।

बजेटमा खेल क्षेत्रको बिकासका लागि आवस्यक रकम र सास्कृतिक सरक्षण का लागि आवस्यक रकम बिनियोजन गरिएकोछ। अघिल्लो आर्थिक वर्ष देखि सुरु गरिएका जेस्ठ नागरिक हरुलाइ दशै खर्च बापत दिइदै आएको २ हजार रुपैया, जेष्ठ नागरिक र शारिरिक अशक्त हरु लाई नगर बाट दिने सेवा हरुमा दिइदै आएको छुट लाई यो बजेटमा यथावत राखिएको प्रवक्ता हमालले बताए ।

सभा सम्पन्न कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख सुरेश अधिकारिले नगरको सर्वाङिन बिकास नै आफु हरुको लक्ष्य भएको भन्दै यो लक्षमा अघि बढन सवै सभासद हरुलाइ अनुरोध गरे । उजले न्युनतम बजेटका वावजुद बिकाश कार्य अघि बढीरहेको भन्दै प्राप्त रकमको सदुपयोग गर्न र भ्रस्टाचार हुने कुरामा सचेत रहन पनि आग्रह गरे ।

यसअघि नगरसभामा बजेट प्रस्तुत गर्दै नगर उप प्रमुख सावित्रा वस्नेतले मतदाता हरुको अपेक्षा अनुसार बजेट ल्याउन प्रयत्न गरिएको भन्दै यो बजेटले जनापेक्षा लाई सम्बोधन गर्ने कुरामा आफू बिस्वस्त रहेको धारणा राखेका थिए । कार्यक्रम लाई नगरका १५ वटै वडाका अध्यक्ष हरुले सम्बोधन गरेका थिए ।

समापन कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाही, लेखा अधिकृत बामदेब गौतम र अधिकृत केशव बुढाथोकी लगाएतको उपस्थिती थियो ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार