• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको दमाचौरमा ७५ वर्षिया वृद्धाको भीरबाट लडेर मृत्यु


असार १३, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरमा भीरबाट लडेर एक वृद्धाको ज्यान गएको छ ।

दमाचौर गैरीगाउँकी ७५ वर्षिया भिमी कुमारी भण्डारीको भीरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय दमाचौरले जानकारी दिएको छ । गाउँ नजिकै रहेको खारा भीरबाट घाँस कटेर फर्किने क्रममा चिप्लिएर भण्डारीको ज्यान गएको दमाचौर प्रहरी प्रमुख दौलत सिहं भण्डारीले बताए ।

बाटो साँघुरो भएका कारण उनको चिप्लिएर मृत्यु भएको भण्डारीको भनाई छ । मृत्तक भण्डारीको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रवार