• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिकाले ल्यायो ३६ करोड बढीको बजेट, यी कार्यक्रमलाई राखियो प्राथामिकतामा ?


असार १४, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले ३६ करोड बढी बजेट बिनियोजन गरेको छ। गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले शुक्रबार स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तरगत छैठौ गाउँसभामा ३६ करोड १४ लाख १४ हजार रुपैयाको अनुमानित बजेट पेस गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष सीता केसिको स्वागत मन्तब्यबाट सुरु भएको गाउँसभा तथा नीति तथा कार्यक्रममा अध्यक्ष केसीले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ९३ लाख ,ससर्त अनुदान अन्तर्गत १५ करोड ५ लाख, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तर्गत रु १ करोड  ४६ लाख राजस्व बाडफाड बाट ७ करोड २८ लाख गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख  राजस्व बाडफाड ७ लाख ६८ हजार र आन्तरिक आम्दानी ३० लाख गरि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन।

गाउँपालिकाको नीति तथा बजेट कार्यक्रममा गुणस्तरीय शिक्षाको आधारशिला निर्माण, नागरिकको आधारभूत स्वास्थ्यको प्रत्याभुती, लघु उधम विकास कार्यक्रम, खानेपानी, सिचाँई निर्माण कार्यक्रम ,जेष्ठ नागरिक सम्मान, पूर्वाधार विकास, विपद् ब्यवस्थापन, वन तथा वातावरण संरक्षण, सहकारी तथा गरिबी निबारण कार्यक्रम, पर्यटन गन्तव्य बनाउनको लागि नीति कार्यक्रम, गैरसरकारी संस्था एकद्वार प्रणाली कार्यक्रम, सूचना संचार बिधुतिकरण कार्यक्रम, कृषि तथा पशुपालन कार्यक्रम, खेलकुद तथा युवा स्वरोजगार कार्यक्रम, लक्षित विकास कार्यक्रम, सडक पुर्बाधार बिकास लगाएतका कार्यक्रमलाई नीति तथा प्राथमिकताको रुपमा राखिएको छ।

यस्तै बाल बिबाह न्युनिकरका लागि गाउँपालिका भित्रका पुरोहितलाई अभिमुखिकरन तथा तालिम, दमाचौरको गुराँसेमा युद्ध पर्यटकिय क्षेत्र निर्माण, एसइईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई छात्रवृत्ति, जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा, फोहर ब्यबस्थापनका लागि डम्पिङ साइट निर्मान, जथाक पाथीभरा लेकमा पर्यटन पदमार्ग निर्माण, किबि, सुन्तला, अदुवा खेतीलाई ब्यबस्थित बनाउन बिशेष कार्यक्रम, स्वास्थ्य खेलकुद कार्यक्रम लाई भब्य बनाउने, २४ घन्टा एम्बुलेन्स उपलब्ध बनाउने, पाथिभरा टावर निर्माण लगाएतका कार्यक्रमहरुलाई विशेष महत्त्व दिएर नितितथा कार्यक्रममा समावेश गरिएको छ।

नीति तथा कार्यक्रममा निर्माणको सुरुवातमा रहेका तथा टेन्डर प्रक्रियामा रहेका खानेपानी निर्माणको काम र शंखमुलमा संखपार्क निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको छ।

गाउसभा तथा कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्ब सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले विकास निर्माणको कार्यमा तिनै तहका सरकारको सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। तिनै तहका सरकारले कामगर्ने परिपाटीको अनुभव लिइसकेकाले एकले अर्कालाई बिकास निर्माणमा सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे।

प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले टुक्रे योजनाहरु बनाएर सरकार प्रती जनाताको वितृष्णा जागेको बताएका छन । योजनाहरु बनाउदा ठुला तथा महत्त्वका योजनाहरु बनाउनुपर्ने बताउदै उनले त्यस्ता योजनाहरुमा कसैले चलखेल नगरी काम उत्कृष्टता पुर्बक सम्पन्न हुने बताए । गाउँसभाको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले गरेका थिए।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार