• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा भौगोलिकतालाई हेरेर मात्र एम.एड.को परिक्षा केन्द्र तोकिने


सरिता चलाउने/असार १४, सल्यान । सल्यानमा यसबर्षबाट संचालनमा आएको शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको परिक्षाको लागी भौगोलीकतालाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको छ । यस बर्ष देखि त्रिभुवन बिश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी संचालनमा आएका सल्यानका ४ वटा क्याम्पसमा परिक्षा केन्द्र भौगोलिक दृष्टिकोणलाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको हो ।

शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको परिक्षा नजिकिदै गैरहेका बेला परिक्षा केन्द्र कहाँ राख्ने भनेर बिवाद देखिन थालेकाले भौगोलिक दृष्टिकोणलाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको छ । अहिले सम्म जिल्लामा कुनै पनि क्याम्पसमा डिग्री संचालन नभएकाले यस बर्ष बाट एकै साथ ४ वटा क्याम्पसलाई डिग्री संचालनका लागी अनुमति दिएकाले परिक्षा केन्द्रको लागी बिवाद गर्ने कारण नभएको त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकायका प्रध्यापक (डिन) कृष्णप्रसाद गौतमले बताए ।

अनुगमनका क्रममा सल्यान आएका डिनले सम्बन्धन मागेर दिएकाले अहिले समस्या आयो भनेर कराउन नहुने बताए । सल्यान बहुमुखि क्याम्पस सल्यानले शनिबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डिन गौतमले यस्तो बताएका हुन् । उनले परिक्षा कन्द्रको लागी भौगोलिकता, बिधार्थि संख्या, भौतिक सुबिधा, सके सम्म दुर्गमका बिधार्थिलाई प्रथामिकतामा राखेर पायक पर्ने तरीकाले केन्द्र तोकीने बताए । परिक्षा केन्द्रको लागी बिवाद गर्नुभन्दा  सर्बसहमति बाट गए उत्तम हुने बताए ।

उनले भने, “पहिले डिग्रीको लागी सम्बन्धन माग्ने, अहिले समस्या आयो भनेर कराउने ? चार वटा क्याम्पसमा अनुमति दिएर गलत भयो भन्ने ? पाठयपुस्तक भएन भनेर गुनासो गर्ने ? पढने किताब भएन भन्ने लज्जास्पद कुरा हो, पुस्तक मात्र पढेर अध्यन हुदैन,मेहनत गरेर अध्यायन गर्नुहोस ।” परिक्षा केन्द्रको लागी जिल्लाका सबै सरोकारवाला राजनीतिक दल, बुद्धिजिबी लगायतको सर्बसहमतिमा बैठक बसी सिफारिस गरेर त्रिभुवन बिश्व बिधालयमा पठाउन आग्रह गरे ।

चार वटा क्याम्पसले सम्बन्धन प्राप्त गर्नुभनेको भाग्यको कुरा भएकाले सबैले डिग्री जस्ताको गरिमालाई बुझन डिन गौतमले आग्रह गरे । शिक्षा क्षेत्र महत्वपुर्ण मेरुदण्ड भएकाले समस्या देखाउनु भन्दा पनि समस्याको समाधान खोज्न तर्फ लाग्नु पर्ने शारदा नगरपालीकाका नगरप्रमुख सुरेश अधिकारीले बताए । सल्यानले क्याम्पसले डिग्री संचालनको सम्बन्धन प्रप्त गर्नु गौरवको कुरा भएकोले परिक्षा केन्द्रको लागी विवाद गर्न नहुने उनले बताए ।

शारदा नगरपालीकाले शिक्षालाई जोड दिएकाले बिरोध भन्दा गुणस्तरीय शिक्षा सुधारको लागी बिधार्थिले नै मेहनत गर्नुपर्ने नगरप्रमुख अधिकारीले बताए । सल्यान बहुमुखि क्याम्पस संचालक समीतिका चन्द्र प्रकाश वलिको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सहायक डिन रबिकिरण अधिकारी, शिद्धकुमाख गाउापालीकाका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, संचालक समीतिका सदस्य हेमेनद्रबाबु सेजवाल,  मास्टर डिग्रीका कोडिनेटर, शेरजगं शाह लगायत स्वबिउ सभापति राम बहादुर केसी, बिधार्र्थि नेता राजेन्द्र भण्डारी लगायतले आफना भनाइहरु राखेका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार