• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सडकमा अनियमितता भएको भन्दै सल्यान झिम्पेका नागरिकहरु लठ्ठी समाएर मैदानमा उत्रिए


असार १५, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ३ मिलनचोक देखि सानान्चौर हुँदै वडा नम्बर ५ लेखपोखरा जोड्ने सडकमा व्यापक अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् । कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट निर्माण गरिएको उक्त सडकमा व्यापक अनिमितता भएको स्थानीयहरुको अरोप छ ।

२५ लाख बजेटले निर्माण गरिएको यो सडक ७ सय मिटर मात्रै खनेर बजेट स्वाहा बनाएको भन्दै शुक्रबार स्थानीयहरु सडक अनुगमनमा निस्कीएका थिए । अनुगमनका क्रममा उनिरुले यहाँ व्यक्ती मोटाउने काम मात्रै भएको बताए । उनिहरुले यो सडक नै उपयुक्त नभएको भन्दै सिंगारीकोटबाट तारुपारे हुँदै लेखपोखरा जोड्नु पर्ने माग गरेका छन् ।

स्थानीय मान बहादुर विकले भने, “यो सडकको कुनै काम छैन् । पहिले नै स्थानीय सरकारले बनाएको सिंगारीकोटबाट तारुपारे हुँदै लेखपोखरा जोड्ने सडकलाई प्राथामिकता दिनुपर्छ ।” तारुपारे हुँदै जोड्ने सडक स्थानीय सरकारले केहि दुरी खनेको र प्रदेश सरकारले त्यसैलाई खन्नुपर्ने उनको माग छ ।

अहिले सानान्चौरबाट खनेर व्यक्ती पिच्छे उपभोक्ता समिती बनाई अनियमितता गर्ने काम भैरहेको स्थानीयहरुको आरोप छ । सबै जनतालाई सहज हुने काम नगरेर प्रदेश सरकारले व्यक्तीलाई सिधै भ्रस्टाचार गर्न दिनेखालको योजना दिएको अर्का स्थानीय डल्लीका पुनले बताइन् । उनले अब प्रदेश सरकारले खन्न लागेको मलनचोक देखि सानान्चौर हुँदै लेखपोखरा जोड्ने सडकलाई कुनैपनि हालतमा अघि बढ्न नदिने बताइन् ।

अहिले पहिलो चेतावनी स्वरुप सडकमा मात्रै उत्रिएको भन्दै उनिहरुले सडकमा भएको अनियमितताको छानविन र उक्त बाटोलाई रद्द गरेर सिंगारीकोटबाट नखनिए नराम्रो परिणाम आउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार