• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान झिम्पेको सडक विवाद : उपभोक्ता समिती भन्छ वर्षौदेखिका अनियमितता छानविन गर्नुपर्छ


असार १५, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ३ मिलनचोक देखि सानान्चौर हुँदै वडा नम्बर ५ लेखपोखरा जोड्ने सडकमा व्यापक अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेपछि उपभोक्ता समितीले त्यसको प्रतिकृया दिएको छ ।

शुक्रबार स्थानीयहरुले सडकमा अनियमितता भएको भन्दै आफुहरु मैदानमा उत्रिएको बताएपछि सडक उपभोक्ता समितीका अध्यक्ष मोतिलाल घर्तिले लेकाली अनलाइनमा फोन गरेर प्रतिकृया दिएका हुन् । सडकलाई दुई खेमामा हेर्ने स्थानीयहरुले सन्तुष्ट नहुँदा अनियमितताको मिथ्या अरोप लगाएको उनले बताए ।

उनले भने, “अहिले संचालन गरिएको तल्लो बाटोलाई स्वीकार नगर्ने स्थानीयहरुले अनियमितताको आरोप लगाउनु भयो । हामीले अनियमितता गरेका छैनौँ । यदि गरेको भए प्रमाण देखाउन म आग्रह गर्दछु ।”

अनियमितताको छानविन गर्ने भए पहिल्यैदेखिको नै गर्नु पर्ने उनले बताए । उनले भने, “यहाँ अहिले नभएर वर्षौं पहिलेबाट धेरै अनियमितता भएको छ । त्यसको छानविन गर्नुपर्छ । त्यसको लागी हामी तयार छौँ ।” हाल छत्रेश्वरी गाउँपालिका ४ का नागरिकले अहिलेको बाटोलाई स्वीकार नगरेर सिंगारीकोटबाट तारुपारे हुँदै लेखपोखराको माग गरेको तर पहिला वार्तामा बोलाउदा नआएको उनले बताए ।

उनले यसमा सबै स्थानीयले नगरेको तर केही व्यतीले स्थानीहरुलाई उचालेको आरोप लगाए । अध्यक्ष मोतिलाल घर्तिले भने, “उहाँले बाटो नै अनुगमन गर्नुभएको छैन् । अन्त गएर बाटो अनुगमन भन्दै फोटो फेसबुकमा हाल्नु भएको छ ।”

कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट २५ लाखको लागतमा मिलनचोक देखि सानान्चौर हुँदै लेखपोखरा जोड्नको लागी अहिले १२ सय मिटर सडक निर्माण गरेको उपभोक्ता समितीले दाबी गरेको छ । तर वडा नम्बर ४ का स्थानीयले भने ७ सय मिटर मात्रै खनेको बताएका छन् । उनिहरुले उक्त बाटोलाई रद्द गरेर सिंगारीकोटबाट तारुपारे हुँदै लेखपोखरा जोड्नु पर्ने माग गरेका छन् ।

यो पनि पढ्नुहोस् : सडकमा अनियमितता भएको भन्दै सल्यान झिम्पेका नागरिकहरु लठ्ठी समाएर मैदानमा उत्रिए

 

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार