• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

श्रीगाउँ लाईफ भिजनका शिक्षक/शिक्षिकालाई अक्षर कला तालिम दिईयो


पूर्ण के.सी./ असार १५, दाङ । दाङको दंगिशरण गाउँपालिकामा अवस्थित श्रीगाउँ लाईफ भिजन स्कुलमा १ दिने अक्षर कला तालिम सम्पन्न भएको छ । शिक्षकको अक्षरकला बिकासको लागि र सुन्दर अक्षर लेखनको लागि ह्यान्डराईटिङ विशेषज्ञ बाट तालिम संचालन भएको बिद्यालयका प्रधानध्यापक मोहविर सुमैईले जानकारी दिनुभयो ।

तालिम बाट कसरी अक्षर राम्रो बनाउन सकिन्छ , आवश्यक लेखन सिप दिईएकोले यसलाई शिक्षकहरुले व्यवहारमा उतार्नसके बिद्यार्थीहरुको अक्षरमा एक रुपता अाउने र प्रभावकारी हुने प्रशिक्षक एवम्  राप्ती क्यालीग्राफी सि.ई.ओ. गोबिन्द अधिकारीले जानकारी दिनुभयो ।

तालिममा १५ बढी शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियोे ।

केही समय अगाडि स्कुलमा विद्यार्थीलाई पनि १ हप्ते तालिम दिईएको अर्का प्रशिक्षक सुरेस पुनले बताउनुभयो । तालिममा डिभाइन ईन्स्टिच्युटका प्रबन्ध निर्देशक हिमाल डागी क्षेत्रीको विशेष उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार