• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)


असार १५, सल्यान । आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । आजको यो दिनलाई मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

बिहानैबाट देशभर खेतमा गएर विभिन्न कार्यक्रम गरि र हिलो छ्यापेर धान दिवस मनाइएको छ । सल्यानका विभिन्न ठाउँहरुमा पनि खेतमै गएर सरकारी कार्यालय तथा नागरिक समुहबाट यसलाई उत्सवको रुपमा लिइएको छ ।

जिल्लाको शारदा नगरपालिका १ सितलपाटीमा रहेका शारदा नदिका फाँटहरुमा एक कार्यक्रमका बिच धान दिवस मनाइयो । कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको आयोजना र शिवजन माविको सहआयोजनामा धान दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादु बिष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला प्रहरी प्रमुख बिरेन्द्र बहादरु शाही, सशस्त्र प्रहरी प्रमुख बिमल डाँगी लगाएको सहभागीता रहेको थियो ।

शिवजन माविबाट बाजागाजा सहित निकालिएको र्याली श्रीनगर बजार परिक्रमा गरेर शारदा नदि सँगै रहेका खेतमा गएर कार्यक्रममा परिनत भएको थियो ।

जिल्लाकै छत्रेश्वरि गाउँपालिकाले पनि धान दिवस मनाएको छ । पालिकाको कृषि शाखाको आयोजनामा वडा नम्बर ६ को भुमेस्वर जिउलामा रहेका खेतमा गएर गाउँपालिका उपाध्यक्ष सिता केसि, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का विभिन्न शाखाका कर्मचारी, विभिन्न कृषि समूह तथा स्थानिय किसानहरुले संयुक्त रुपमा धान दिबस मनाएका हुन ।

उता बनगाड कुपिण्डेमा नगरपालिका पनि धान दिवस मनाइएको छ । नगरको वडा नम्बर ११ बागमारेमा नगर कृषि शाखा कार्यालयको देवस्थलको आयोजनामा धान दिवस मनाएको छ । नगरपालिका विभिन्न विषय गत शाखाका कार्यालय, सघ सस्था ,कृषि समूह किसान लगाएतकाहरु खेतमागै धान रोपेर धान दिबस मनाइरहेका छन। दहि चिउरा खाएर नगर प्रमुख गोविन्द कुमार पुनले खेतमा गएर धान रोपेर धान दिवसको उद्घाटन गरेका हुन । धान दिवसको अवसरमा नगर उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, वडा अध्यक्ष, विषय गत शाखा प्रमुख तथा अन्य कर्मचारी जनप्रतिनिधि राजनैतिक दल, कृषि समुह लगाएत स्थानीय सयुक्त रूपमा खेतमा गएरै खेत रोपाइँ गरेर दिवस मनाएका छन ।

हेर्नुहोस् सितलपाटीमा धान रोप्दाका केहि तस्बिर 

 

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार