• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु : ४४ लाख बजेट विनियोजन


इन्द्र बुढाथोकी/असार १७, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । घरघरमा रोजगार बनगाड कुपिण्डे नगरपालिका सरोकार भने मुल नाराका साथ सोमबारदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर १ आपखोलिमा उद्घाटन गरिएको हो ।

रोजगार कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, रोजगार संयोजक भिम पुन वडा सदस्य रबिराज शर्मा, समाजसेवी, शिक्षक लगाए स्थानीयको उपस्थित रहेको थियो । वडा नम्बर १ को अदाल सिचाइ कुल निर्माणको उद्घाटन गरिएको छ ।

जम्मा १२ वटा वडा रहेको यो नगरमा अहिले ११ वटा वडाका २ सय ७५ जनाले रोजगार पाएका छन् भने ६ नम्बर वडामा बर्षात सकिएपछि कार्यक्रम सुरु हुने बताइएको छ । एउटा वडाबाट २५ जना छनोट गरिएको रोजगार कार्यक्रममा जम्मा ४४ लाख बजेट विनियोजन गरिएको छ ।

रोजगारदाताहरूले सडक, सिचाँइ कुलो, खानेपानी ट्याङ्की मर्मत, खानेपानी निर्माण, स्कुलको फिल्ड निर्माण लगाएतका काम गर्ने रोजगार संयोजक पुनले बताएका छन । रोजगार दाताले दैनिक रु ६ सय ४० का दरले काम गर्ने छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले घरघरमा सबै रोजगार भएर नगरको विकासमा सहयोग गर्न आग्रह गरे । रोजगार कार्यक्रममा सबै अनुशासित नैतिकवान इमानदारी भएर लाग्न समेत अनुरोध गरे ।

अब विकासका लागि नगरपालिका, वडामा धाउनु भन्दा सरकार घरघर आएर दिएको विकासमा लाग्न र सबैले विकासमा हातेमालो गरेर अगाडि बढन समेत आग्रह गरेका छन । अब नगरपालिकाका विभिन्न संघ संस्थाहरु भित्रिएको र त्यसले भने अनुसार समुह बनाएर कृषिमा बेमौसमी उत्पादन तिर लाग्न समेत आग्रह गरेको छन ।

सस्थाहरुले गाउँगाउँमा गएर योजना छनोट गर्ने र त्यस अनुसार काम गर्ने भएकोले अब विदेशी भुमिमा जानू भन्दा अफ्नो गाउँ घर निर्माणमा जुट्न अनुरोध गरे ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार