• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डलाई धेरै विश्वास गरेर सहमतिपत्र अध्ययन नै नगरी हस्ताक्षर गरेछुः ओली


असार १७, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् ।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ, सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वातामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो ।

पछिल्लो चरणमा आलोपालो सरकार चलाउने बारेमा बहस चलिरहेको छ । दोश्रो अध्यक्ष दाहालले साढेदुईवर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको भन्ने कुरा एक मिडिया मार्फत सार्वजनिक गरेपछि यस्तो हंगामा भएको हो । आह यही विषयका कारण सो पार्टीमा २,३ समूह देखा परेका छन् ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार