• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

कुमारी बैंकले कल्यानकारी अपागं सेवा संघ सल्यानलाई फोटोकपी मेसिन दियो


असार १७, सल्यान । कुमारी बैंक लिमिटेडले कल्यानकारी अपागं सेवा संघ सल्यानलाई प्राविधीक मेसिन सहयोग गरेको छ ।

जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएको सो संघलाई आज (मङ्गलवार) कुमारी बैंक सल्यान शाखाका प्रबन्धक कृष्ण दुमरुले २१ हजार मुल्य बराबरको प्रिन्ट, फोटोकपी मेसिन हस्तान्तरण गरेका हुन् ।कुमारी बैंकले विगतमा पनि विभिन्न सामाजिक काम गर्दै आएको उनले बताए ।

उक्त प्रिन्ट फोटोकपी मेसिनलाई आफ्नो कार्यालयको काममा प्रयोग गर्न कार्यालयमा राखिने कल्यानकारी अपागं सेवा संघ सल्यानका सदस्य गोपाल शर्माले बताए ।

 

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार