• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा बहुविवाहका घटना वृद्धि हुँदै


असार १७, सल्यान । सल्यानमा पछिल्लो समयमा बहुविवाहका घटनामा बृद्धि हुदै गैरहेको एक तथ्याङकले देखाएको छ । जिल्लामा विगदकाभन्दा अहिले बहुविवाहका घटनामा उल्लेख्य वृद्धि हुँदै गैरहेको पाइएको हो ।

ईन्सेक सल्यानले दिएको जानकारी अनुसार ६ महिनाको अबधीमा जिल्लामा बुहविवाहका घटना १३ वटा भएका छन् । यी घटना पहिलेको भन्दा बढी हुन् ।

त्यस्तै गिरफ्तारका घटना पनि सल्यानमा वृद्धि भएका छन् । विप्लव नेकपामा राजनिती गर्नेहरुलाई प्रहरीले गिरफ्तार गरेका घटनाहरु इन्सेकको तथ्याङकमा उल्लेख छ ।

नेपाल मानवअधिकार वर्षपुस्तक २०२० मा समावेश गरिने घटनाहरुमा घरेलु हिंसा, बलात्कार र बलात्कार प्रयास, विद्यालयमा कुटपिट लगाएतका रहेको इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीले बताइन् । बलात्कारकाका घटनामा परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षितहुने गरेको पाईएको छ । जसमामहिलाहरु नै बढि पिडित हुने गरेको पाईएको हो ।

बलात्कृत हुनेहरुमा १४ बर्षिय बालीका देखि बिधवामहिला समेत पिडित हुने गरेका छन । प्रतिनिधी बुढाथोकीले भनिन्, “जिल्लामाअहिले जतिपनि घटना भएका छन सबै घटनामा महिला नै बढि पिडित हुने गरेको पाईएको छ, एक बर्षमा घटेका घटनाहरूलाई केलाउँदा घरपरिवार, आफन्तबाट नै चेलिबेटीहरू असुरक्षितहुने गरेको पाइयो ।”

अनौपचारिक क्षेत्र सेवाकेन्द्र इन्सेकले वितेको ६ महिनामा भएकामानवअधिकार उल्लंघनका घटनाहरु मगंबार सल्यानको खलंगामा सार्वजनिकग र्ने क्रममा यस्तो देखिएको हो । कार्यक्रममा बोल्दै शारदा नगरउपप्रमुख सावित्रा बस्नेतले अधिकारका उपयोग गर्न जाने मात्र यस्तो हिंसाका घटनामा कमि आउने बताइन् । उनले यस्ता हिंसाका घटना हुन नदिन ब्यापक रुपमा सचेतनाका कार्यक्रम गर्नुपर्ने देखिएको बताइन् । उनले प्रत्येक ठाउँमा आमा, बैनिहरुसमेत बलातकृत हुने गरेको पाईएकाले सबै आआफनो क्षेत्र बाट जाग्ररुप हुनु पर्ने बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले समाजमा मानबअधिकारको बारेमा बुझाउन जरुरी रहेको बताए । उनले मानबअधिकारको बिषयमा आफु गम्भिर हुनका साथै महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले भने, “म मानव अधिकारलाई सधै सम्मान गर्छु, हाम्रो प्रशासनले कुन्ठीत हुन दिदैन् । हामी त्यसमा सचेत छौँ ।” आफ्नो अधिकार माग्दा अर्काको अधिकारको बारेमा सचेत हुन उनले आग्रह गरे ।

कार्यक्रममा विभिन्न तहका व्यक्तीहरुको सहभागीता रहेको थियो । इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीले प्रस्तुतीकरण राखेको कार्यक्रमको संचालन मानवअधिकारकर्मी दिपेन्द्र शाहीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार