• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान खलंगामा जेष्ठ नागरिकको लागी दिवा सेवा संचालन


सरिता चलाउने/असार १७, सल्यान । सल्यानमा जेष्ठ नागरिकहरुको लागी दिवा सेवा संचालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ खलंगाको डाँडागाउँमा जेष्ठ नागरिकको लागी दिवा सेवा संचालन गरिएको हो ।

डाँडागाउँमा रहेको रामजानकी मन्दीरमा मंगलबार देखि जेष्ठ नागरिकको लागी दिवा सेवा संचालन गरिएको जेष्ठ नागरिक संघ सल्यानका अध्यक्ष कृष्ण उपाध्यायले बताए । शारदा नगरपालिका सल्यानको आर्थिक सहयोग र शसस्त्र प्रहरी बल गुल्म सल्यानको सक्रियातामा जेष्ठ नागरिकहरुको लागी दिवा सेवा संचालन गरिएको बताए ।

जेष्ठ नागरिकहरुले दिन विताउन गाह्रो भएकाले उनिहरुको सुख, दुखको कुरा साटा साट गर्न सहज बनाउने उदेश्यले दिवा सेवाको संचाल नगरिएको अध्यक्ष उपाध्यायले बताए । अब देखि हरेक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म रामजानकी मन्दिर खुल्ला रहने शसस्त्र प्रहरी बल गुल्म सल्यानका प्रहरी प्रमुख (डिएसपी) बिमल डाँगीले बताए ।

उनकाअनुसार मन्दिरको ढोका खोल्ने र बन्द गर्ने सरसफाई गर्ने लगायतको काम शसस्त्र प्रहरीले गरिदिने छ । जेष्ठ नागरिकहरुले समाजमा ठुलो योगदान दिएकाले संस्कार सिकाउने पनि जेष्ठ नागरिकहरु नै भएकाले उनिहरुलाई हसौला दिनुपर्ने डिएसपी डाँगीले बताए ।

धेरै जेष्ठनागरिकहरु बृद्धाआश्रममा राखिने चलन बढेकाले त्यसो हुन नदिन पनि दिवा सेवाले सहयोग पुग्ने उनको भनाई छ । यो सेवा एक ठाउँमा मात्र नभएर जिल्ला भरी लागु गर्नुपर्ने प्रमुख डाँगीले बताए ।

धार्मिक बिषयमा अहिलेको पुस्ताका आस्था घटदै गैरहेकाले जेष्ठ नागरिक प्रति हेराई र बुझाइ फरक भएको उनको भनाई छ । दिवा सेवाले जेष्ठ नागरिकहरुलाई दिन बिताउन सजिलो हुने उनले बताए ।

शारदा नगरपालिका सल्यानले पनि जेष्ठ नागरीकहरुलाई प्राथामीकता दिएको नगरप्रमुख शुरेस अधिकारीले बताए । उनकाअनुसार हालै सार्बजनिक गरेको निति तथा कार्यक्रममा साउन १ गते देखि लागु हुने गरि मासिक ३ सय रुपैयाँ उपलब्ध गराउने छ ।

चाडपर्ब खर्च पनि उपलब्ध गराउदै आएकाले यसबर्षबाट गणेशमान स्वास्थ्य कार्यक्रम ल्याएको उनले बताए । अब देखि दिवा सेवामा आउने जेष्ठ नागरिकहरुका लागि नगरपालिकाले निशुल्क रुपमा चिया र खानेपानीको ब्यवस्था गरिने उनले बताए ।

नगरप्रमुख अधिकारीले भने, “मानविय विकास भयो भने मात्र सबै क्षेत्रको बिकास हुन्छ, सबैले जेष्ठ नागरिकको हित हुने कामगर्नुपर्छ ।” सबै जेष्ठ नागरिक हुने भएकाले नगरपालिकाका धेरै टोहरुमा यो कार्यक्रम लागु गर्ने नगरप्रमुख अधिकारीले बताए ।

 

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार