• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते


पूर्ण के.सी./असार १८, दाङ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ८ टिकरी खोलामा मंगलबार बिहान राती १ बजेतिर ना ५ त ९०७९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि तुलसीपुर ५  निवासी २० वर्षीय ट्याक्टर चालक दीपक नेपालीको मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

दुर्घटनामा परी सहचालक तुलसीपुर ५ कै १६ वर्षीय अनिल नेपाली घाइते भएका छन्। घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ट्रयाक्टर ढुंगा लोड गरेको अवस्थामा फेला परेको हो । असार १ गतदेखि खोलाहरूको ठेक्का सम्झौता सकिएको थियो । तर उक्त ट्रयाक्टर खोलाजन्य वस्तुको अवैध तस्करीमा गएको समयमा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार