• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानको लुहाममा १ करोड ३४ लाखमा स्वस्थ्य चौकी बन्यो (भिडियो सहित)


असार १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ६ लुहाममा स्वस्थ्य चौकीको भवनन निर्माण भएको छ । २५ बर्षअघि देखि भाडाको भवनबाट संचालनमा आएको लुहाम स्वस्थ्य चौकी अबदेखि आफ्नै भवनबाट संचालनमा आउने भएको हो ।

भवनको बुधबार एक कार्यक्रमबिच उद्घाटन गरिएको हो । संघिय सरकारको १ करोड ३४ लाखको लागतमा २ बर्षमा निर्माण सक्ने गरि २०७४ भाद्र ८ गते सुलिकोट निर्माण सेवाले कामको जिम्मा पाएको थियो । तर उक्त कम्पनीले सम्झौता मिती अगावैनै काम सम्पन्न गरेपछि भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुना खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष मान बहादुर ओली लगाएको सहभागीता रहेको थियो । २५ बर्षअघि देखि भाडाको भवनबाट संचालनमा आएको लुहाम स्वस्थ्य चौकी अबदेखि नयाँ भवन बनेसँगै आफ्नै भवनबाट संचालनमा आउने भएको हो ।

१४ वडा कोठा भएको भवनमा ५ कोठा सौचालयका पनि छन् । भवनमा चिसो तातो पानिको व्यवस्ता रहेको छ भने चौबिसै घण्टा बत्तीसहितको सेवा दिइने निर्माण कम्पनीका प्रतिनिधी समेत रहेका वडा अध्यक्ष ओलीले बताए । भवन निर्माणको कार्य राम्रो गरेको भन्दै कार्यक्रममा वडा अध्यक्ष ओलीलाई सम्मान गरिएको थियो ।

तस्बिर/ भिडियो- उत्तरकुमार शाहु

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार