• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा शिक्षा प्रमुख नहुँदा समस्या


असार १९, सल्यान । सल्यानमा शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गत असार १० गते २५ हजार घुस रकम सहित प्रमुख धन बहादुर ओली रंगेहात पक्राउ परेपछि कुनै निमित्त र प्रमुख नतोकिदा सेवाग्राही मारमा परेका हुन् ।

अहिले शिक्षा कार्यालय सल्यानमा सुचना अधिकारी सुम्मीना महर्जन र अन्य दुईतिनजना कार्मचारी मात्रै छन् । यी कर्मचारीले गर्न मिल्ने सामान्य काम बाहेक शिक्षाक अन्य सबै काम रोकिएका छन् ।

शिक्षामा काम गर्न आएका एक शिक्षकले भने, “मेरो काम रोकिएको एक हप्ता भयो, कर्मचारीलाई सोध्दा हाकिम नहुँदा कामै चल्दैन् भन्नुहुन्छ । यसरी त शिक्षाको अवस्था के होला ?” उनले आफु रकम भुक्तानीको लागी आएको बताए ।

प्रमुख पक्राउ परेपछि निमित्त नतोक्दा काममा समस्या भएको सुचना अधिकारी सुम्मीना महर्जनले लेकाली अनलाइनलाई बताइन् । उनले भनिन्, “सामान्य काम त म गर्छु तर प्रमुखले गर्न मिल्ने काम रोकिएका छन् ।”

उनका अनुसार आर्थिक, भुक्तानी, अस्थाई शिक्षक नियुक्ती, अनुमती, शिक्षक शिक्षकाहरुका फारम लगाएतका काम रोकिएका छन् । शिक्षाको एसईई हेर्ने शाखामा कोहि नहुँदा पनि त्यस बिषयमा आफुहरुलाई केहि थाहा नभएको उनले बताइन् । आउदो आइतबारसम्म प्रमुख आउने जानकारी आफुले पाएको उनले बताइन् ।

यो पनि : सल्यान घुसकाण्ड : शिक्षक र मेयरको भेट, घुस दिएको २५ हजार अख्तियारकै थियो !

यो पनि : सल्यानमा २५ हजार घुस लिँदालिँदै शिक्षाका हाकिम रंगेहात पक्राउ

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार