• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

क्विक्स कपको उपाधि छात्रा तर्फ फातिमा स्कुललाई, गोरखाले छात्रको उपाधी उचाल्यो ।


 पूर्ण के.सी. असार १९ दाङ । बिध्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी छात्रा तर्फ फातिमा बोडिङ स्कुल तुलसिपुर प्रथम भएको छ ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अन्तरगत दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेलमा छात्रा तर्फ नेपाल प्रहरी स्कुल घोराहिलाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै फातिमा स्कुल तुलसिपुरले उपाधी हात पारेको हो ।
यस्तै छात्र तर्फ गोरखा मावी प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका ५३ बिध्यालयको सहभागिता रहेको थियो ।
Chat Conversation End

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार