• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दङ्गिशरण गाउँपालिका वडा नं २ मा महिला आयआर्जन तालिम सम्पन्न


असार २० दाङ , दाङ संवाददाता

दङ्गिशरण गाउँपालिका वडा नं २ मा २ दिने कृषि सम्बन्धी महिला आयआर्जन तालिम आज सम्पन्न भएको छ । वडा अध्यक्ष तुलसीराम देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

वडा अध्यक्ष देवकोटा र प्रशिक्षक बबि बस्नेत लगायतले कृषी तालिमको सफलताको कामना गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी देविराम कुसारीले गर्नु भएको थियो । २ दिनसम्म संचालन भएको तालिमको सत्रमा हिजो र आज प्रशिक्षक बबि बस्नेतले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक बबि बस्नेतले प्रोजेक्टर मार्फत कृषी तथा तरकारी खेती बारे भिडियो सहित प्रशिक्षण दिनु भएको थियो।

अन्तिम दिनमा भने तालिममा भाग लिने महिलाहरु लाई बीउ पनि बितरण गरिएको थियो। तालिममा वडा नं। २ का करिब ४० जनाको सहभागिता रहेको थियो। तालिममा धान, मकै तथा तरकारी खेती सम्बन्धी आधुनिक प्रणालीबाट कसरी खेती गर्ने र कसरी धेरै उब्जनी गर्ने भन्ने बारे प्रशिक्षण दिएको सुबास डागीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार