• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

तिज गीतः ‘यत्ती गरेपछि त माया टिक टकमा हिट हुन्छ’ (भिडियो सहित)


असार २०, सल्यान । पुर्णकला विसी र कृश क्षेत्रीको आवाजमा टिक टक बोलको तिज गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा टिक टकमा भिडियो बनाउदै राख्ने र भाइरल हुने जस्ता कार्यलाई समेटर टिक टक बोलको गीत सार्वजनिक भएको हो ।

टिक टकमा कस्ता खालका भिडियोहरु राखेपटि हिट हुन्छ भन्ने खालका टिप्सहरु गीतमा शब्द मार्फत भनिएको छ । गीतमा भनिएको छ, “हल्का मेकप लाएसी क्यामरामा फिट हुन्छ । तिम्ले मलाई म्वाई गर है मैले तिम्लाई म्वाई गर्छु, यत्ती गरेपछि त माया टिक टकमा हिट हुन्छ ।”

विभिन्न समयमा गायक कृश क्षेत्रीले समय सान्दर्भिक गीत प्रस्तुत गर्ने गरेका छन् । सल्यान बागचौर नगरपालिकामा जन्मिएका गायक क्षेत्री गीत संगीतको क्रममा अहिले काठमाडौंलाई कर्म थलो बनाउदै आएका छन् । यो टिक टक गीतमा उनकै लय शब्द रहेको छ ।

गीतको म्युजिक भिडियोमा शंकर वि.सी., अनु पराजुली, सुचित्रा घिमिरे र इन्डा गुरुङको अभिनय रहेको छ । गीतलाई तिर्सना म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार