• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

आजको नेपाल बन्द हल्लामात्रै, हल्लैहल्लामा सल्यानको श्रीनगर बजार बन्द


असार २२, सल्यान । नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट आज असार २२ गते नेपाल बन्दको घोषणा आह्वान गरेको कुरा हल्ला मात्रै भएको प्रहरीले जनाएकोक छ । भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै माओवादीले आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका भए पनि यो हल्ला मात्रै भएको प्रहरीले जनाएको हो ।

सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको एउटा विज्ञप्ती समेत बाहिरीएको थियो । नेपाल प्रहरीका अनुसार त्यो विज्ञप्ती नक्कली हुनसक्ने देखिएको छ । प्रहरीले बन्दको आधिकारीक जानकारी छैन्, त्यो हल्ला मात्रै हो भनेर पुष्टि गरेको छ ।

असार १३ गते नेपाल कम्युनिस्ट पार्टी पश्चिम केन्द्रीय कमाण्डको लेटरप्याडमा कमरेडप्रताप इन्चार्जको नामबाट बन्द आह्वानको विज्ञप्ती सार्वजनिक भएको थियो । तर अहिलेसम्म उक्त पार्टी कतै देखा नपरेको र थप आधिकारी जानकारी पनि दिएको छैन ।

यसैबिच सल्यानमा पनि बन्द आश्वान गर्ने उक्त पार्टी देखा परेको छैन । तर जिल्लाको प्रमुख व्यापारी केन्द्र बिहानैेखि बन्द भएको छ । बन्दको हल्लैहल्लामा श्रीनगर बजारका पसलहरु बिहानैदेखि बन्द भएका छन् । श्रीनगरस्थित पत्रकार आशिष केसीका अनुसार अन्य समयमा बिहानै ५ बजे पसल खुलेर चहलपहल देखिने श्रीनगर आज साडे ६ बजेसम्म पनि सुनसान छ ।

तस्बिर: आषिश केसी

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार