• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बर्थिङ सेन्टर नहुँदा बच्चा जन्माउन सल्यानबाट ४ घण्टा हिडेर रुकुम


असार २२, सल्यान । सल्यानको कुमाख कुमाख गाउँपालिका वडा नं. १ स्वीकोटका महिलाले बर्थिङ सेन्टर नहुदा समस्या भोगिरहेका छन । महिला सुत्केरी हुदा उनिहरूलाई ४ घण्टा हिडेर छिमेकी जिल्ला रुकुम जानुपर्ने बाध्यता रहेको स्थानिय महिलाहरूले दुखेसो पोखेका हुन ।

उज्यालो सचार केन्द्रले राखेको स्वास्थ्यको सामाजिक परिक्षणमा स्वास्थ्य संस्थामा बच्चा पाउने सुविधा नहुदा हामी ४/५ घण्टा बोकेर चौरजहारी पु¥याउछौ पैसा हुनेले त लेला नहुनेले कसरी लिने साधनमुढाकी कलसी विकले दुखेसो पोखिन । उनले भनिन –“कहिलेकहि त लिदै बाटोमा नै बच्चा जन्मिन्छन, परार साल एउटा बच्चा खेर गयो अमापनि बल्लबल्ल बाँचिन, हामिले साह्रै दुःख पाएका छौ ।”

गाउँपालिकाका २ वडा रहेको साविको स्वीकोट गा.वि.स.मा ३ वटा स्वस्थ्य केन्द्र रहको र कुनै पनि स्थानमा बर्थिङ सेन्टर नहुदा सुत्केरी समस्या पर्ने गरेकाले स्थानियले बर्थिङ सेन्टरको पनि माग गरेका हुन ।वडाअध्यक्ष गोपाल बहादुर बुढाथोकीले वडा कार्यालय पनि व्यवस्थित हुन नसकेको र त्यससंगै जनताको उपचार गर्न स्वास्थ्यसंस्था पनि व्यवस्थित नहुन दुःखद भएको भन्दै त्यसका लागि पहिलो नम्बरमा काम गर्ने जनाएका छन ।

उनले कुमाखका अन्य स्थानमा रहेका साविकका गाविसका वडा स्तरका स्वास्थ्यसंस्थामा वर्थिङ सेन्टर भएपनि २ वडा रहेको स्वीकोटमा वर्थिङ सेन्टर नहुनु भनेको स्वास्थ्यका दृष्टिले कमजोर भएकोले त्यसमा गाउँपालिकाको ध्यानाकर्षण गराउने जनाए । कुमाख गाउँपालिका स्वस्थ्य संयोजक मानसिङ वलीले गाउपालिकामा यो कुरा विभिन्न समयमा उठेको भन्दै पहिलो कुरा पुर्वाधारको काम हुनुपर्ने जनाएका छन ।

वडाबासीले वडामा खानेपानीको पनि समस्या रहेको बताएका छन । पानी नहुदा बारूले, साधनमुढा, माझपानी भितिवन, टाटके लगाएतका गाउँहरूमा सरसफाइ गर्न समेत अप्ठेरो भएको स्थानियले गुनासो गरेका हुन । “पानी स्वास्थ्यका लागि अनिवार्य भन्ने हामीले जानेका छौ तर पनि पानी कै अभावमा हामीले दैनिकी गुजारेका छौ” स्थानियबासी दुःख पोख्छन ।

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार