• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

शान्ती सुरक्षा कायम गर्न जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ : डिआइजी जोसी


असार २२, सल्यान । कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पुर्णचन्द्र जोसीले शान्ती सुरक्षा कायम गर्नको लागी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका छन् । उनले हरेका नागरिकसँग सहकार्य गरेर सहि बाटोमा डोर्याउने र सुन्दर समाज निर्माण गर्नुपर्ने बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सल्यानमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी जोसीले नागरिकभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् । उनले प्रत्येक नागरिकलाई सुन्दर समाजमा निर्माण गर्न स्थानीय तहहरुले टोलटोलमा जनमेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।

सल्यान जिल्ला शिक्षाको हिसावले माथी भएको भन्दै उनले नराम्रा घटनाहरु धेरै नघटेको बताए । उनले भने, “अन्य जिल्लाको तुलना गर्दा सल्यान अलि माथी उठेको छ । यहाँ नराम्राखालका घटनाहरु त्यती धेरै घटेका छैनन् ।” चन्दा दिने र लिने दुवै दोषी भएको भन्दै उनले चन्दा दिनेलाई पनि कारबाही गरिने बताए ।

कार्यक्रममा सहभागी अधिकांसले सल्यानमा मदिराकै कारणले घटनाहरु घट्ने गरेको भन्दै डिआइजी जोसीको ध्यानआकर्षण गराएका थिए । जवाफमा डिआइजी जैशीले नियन्त्रणको लागी जिल्ला प्रहरी कार्यालय सल्यानलाई निर्देशन दिए ।

 

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार