• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा चट्याङ् र आगोमा परि ३ जना घाईते


असार २२, दाङ । दाङमा आज आइतबार छुटछुट्टै तिन ठाउँमा भएका घटनामा ३ जना घाईते भएका छन् ।

आइतबार दिउँसो साढे २ बजेतिर परेको चट्याङ्ले जिल्लाको घोराही उपमहानगरपालिका १० खैराका ८ बर्षीय अनमोल केसी घाईते भएका छन् । घरभित्र बसिरहेको अबस्थामा घरमा परेको चट्याङ्ले घाईते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै गढवा गाउपालिका वडा नम्वर ४ स्थित गोविन्द नगर खडकपुर सडकबाटो कालोपत्रे गर्ने क्रममा प्रिमिक्स नामक मेसिनमा प्रयोग हुने तातो डिजेल शरीरमा पर्दा एक मजदुर घाईते भएका छन् । सप्तरीको कुनौली गाउँपालिका वडा नम्वर ५ कोईलाडी घर भै दाङमा मजदुर गर्दै आएका १८ बर्षिया दिपक सरदार घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

मेसीनमा तातो डिजेल राख्ने क्रममा आइतबार विहान ११ वजेतिर सरदारको कम्मर देखि तलको भाग र दाहिने हात जलेको प्रहरीले बताएको छ । उनलाई लमही अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज रिफर गरीएको छ ।

उता राप्ती गाउँपालिका १ पुलचोक स्थित मासु पसलमा आगलागी हुँदाँ एक युवका घाईते भएका छन् । आईतबार विहान ११ वजेतिर एक्कासी आगलागी हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ घर भई हाल पुलचोकमा मासु पसल गर्ने २३ बर्षिय सोनु कुलेसी घाईते भएका हुन् ।

उनको दाहीने हात र खुट्टामा पोलिएको छ । यस्तै आगलागीबाट १० वटा कुखुरा,सिलिण्डर ग्यास १ थान, मोबाईल थान १ र नगद ११ हजार गरी झन्डै ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार