• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

पूर्वमन्त्री शर्माका अंगरक्षक कस्तुरीको बिनासहित पक्राउ


असार २३, काठमाडौं । सत्तारुढ नेकपाका शिर्षस्थ नेताहरु मध्ये एक एबम पूर्वमन्त्री दीनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्। चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको हो।

प्रहरी हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका हुन्। नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका प्पूरहरी हवल्दार चन्दको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले शर्माको अंगरक्षकलाई नियन्त्रणमा लिएको पुष्टि गरे।

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार