• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रचण्डलाई वैद्यको जवाफः ‘बरु तपाई गम्भीर समालोचना गरेर हाम्रो पार्टीमा आउनुहोस्’


असार २३, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले गत शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मोहनविक्रम सिंह, मोहन वैद्य, चित्रबहादुर केसी, नारायणमान विजुक्छे, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दको नामै लिएर एकीकरणमा आउन आग्रह गरे । तर त्यसको काउन्टर मोहन वैद्येले दिएका छन् ।

मोहन वैद्यले उल्टै प्रचण्डलाई आफुसँग एकतामा आउन आग्रह गरे । एक राष्ट्रिय मिडियासँग कुरा गर्दै वैद्यले गम्भीर आत्मसमीक्षा गरि प्रचण्डलाई आफ्नो एकतामा आउन आग्रह गरे ।

उनले भने, “हामी उतातिर जाने होइन कि उहाँ यतापट्टि आउनुपर्छ । उहाँले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । उहाँ जतापट्टि अहिले गइरहनु भएको छ, त्यो धारा परिवर्तन गरेर नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारातिर आउनुपर्छ, गम्भीर समालोचनासहित ।”

प्रचण्डले कम्युनिस्ट राजनीति नलिएको वैद्यको तर्क छ । प्रचण्ड पश्चगामी धार नै भएको उनले आरोप लगाए । वैद्यले भने, “हामीले त उहाँलाई त्यसो नगर्नूस् भनेर उहिल्यैदेखि भनिराखेको हो । उहाँले गम्भीर समीक्षा गर्नुपर्छ । उहाँसँग हामी जाने त सम्भव नै छैन । उहाँ गम्भीर समिक्षा गरेर हामीसँग आउनुपर्छ ।”

प्रचण्डका गुरु मानिने वैद्य विगतमा प्रचण्डसँग एउटै पार्टीमा रहेर सशस्त्र सङ्घर्ष गरेका थिए भने अहिले छुट्टै दलको नेतृत्व गरिरिहेका छन् । वैद्यको साथमा अहिले सिपी गजुरेल लगाएतका नेताहरु छन् ।

त्यस्तै प्रचण्डले एकतामा आउन नाम लिएका डा. बाबुराम भट्टराईले भने उल्टै ब्याङ्गे गरेका छन् । उनले ब्याङ्गे शैलीमा ट्वीट गर्दै भने, “कमरेड दीपक मनाङे जस्ता ’बौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?”

 

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार