• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा बुवाले रुख रोप्न लगाएर छोराको जन्मदिन मनाईदिए


पूर्ण के.सी./असार २३, दाङ । दाङका सञ्चारकर्मि एवम् शिक्षाप्रेमी भागवत भट्टराईले आफ्नो छोराको जन्मदिन फरक तरिकाले मनाईदिएका छन ।

भट्टराईले जन्मदिनमा केक काटेर होइन आफ्नो छोरा रिदम भट्टराईलाई बिरुवा रोप्न लगाएर जन्मदिन मनाईदिएका हुन् । तुलसीपुर एकाडेमि स्कुलको प्राङगणमा विद्यार्थी र शिक्षकहरुको सहभागीतामा बिरुवा रोपेर जन्मत्सव कार्यक्रम गरिएको हो ।

हरेकले आफ्नो हरेक जन्मदिनमा रुख रोपेर मनाए हरियो बन नेपाल को धन नाराको सार्थकता देखिने भन्दै उनले केक काटेर पार्टी गरेरै मात्र जन्मदिन मनाउनुको साटो जन्मदिन अर्थपुर्ण काम गरेर पनि मनाउन सकिने बताए ।

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार