• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान ट्रक दुर्घटना अवडेट : प्रधानध्यापकको मृत्यु, ७ जनाको कोहोलपुरमा उपचार


असार २३, सल्यान । सल्यानमा भएको ट्रक दुर्घटना परि घाईते भएका एक प्रधानध्यापकको मृत्यु भएको छ । आज सोमबार बिहान १० बजेतिर जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ३ आगरखोलामा भएको ट्रक दुर्घटना घाईते भएका शिद्धकुमाख गाउँपालिका वडा नम्बर २ बस्ने ५३ बर्षिय दुर्गा बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक सडकबाट करिब ५५ मिटर तल खसेको हो । मृत्यु भएका प्रधानध्यापक सिद्धकुमाख गाउँपालिका २ साल्घारीमा रहेको महेन्द्र आधारभुत विद्यालयका प्र.अ.हुन् । उनका एक श्रीमती, एक छोरा र छोरी छन् ।

उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा दिउसो करिब २ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ९ जना घाईते भएका छन् । जसमा २ जनाको अबस्था सामान्य छ ।

घाईते हुनेहरुमा सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ बर्षीय दलबहादुर बोहरा, सल्यान बागचौर ३ का ३२ बर्षीय गीता रेउले, कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ बर्षीय छोरा प्रविन विक, छत्रेश्वरी गाउँपालिका लान्तीका ४० बर्षीया नविना खत्री, उपेन्द्र रावल, तुलसीपुर ५ का मानबहादुर पुन घाइते भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक तुलसीपुर उपमहनगरपालिका वडा नम्बर ५ निवासी २६ बर्षीय ताराप्रसाद खड्का र सहचालक २० बर्षीय यज्ञबहादुर खड्का भने सामान्य घाईते भएको र उनिहरुको स्थानीय डिकलमा सामान्य उपचार पछि प्रहरी चौकि कपुरकोटले नियन्त्रणमा लिएको छ ।

अन्य ७ जना घाईतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रकमा १० यात्रु सवार थिए । दुर्घटनाको कारण भने अझैसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

यो पनिः सल्यान कपुरकोटमा ट्रक पल्टिँदा १० जना घाइते

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार