• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा आफ्नै छिमेकीको हत्या गर्ने अभियुक्त २० बर्षपछि पक्राउ


असार २३, सल्यान । सल्यानमा एक फरार प्रतिवादी २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविक घाँझरीपिपल गाविस वडा नम्बर ५ तथा हालको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका ४१ बर्षीय दिलबहादुर पुन २० बर्षपछि पक्राउ परेका हुन् ।

उनले आफ्नै गाउँका लोक बहादुर यरीलाई २०५६ जेठ २२ गते हत्या गरेको भन्दै सर्वोच्च अदालत काठमाण्डौँले १५ बर्षको कैद फैसला गरेको थियो । तर उनि त्यसलगतै फरार सुचिमा थिए ।

भारतमा लुकिछिपी बस्दै आएका उनि केहिदिन अघिमात्रै घर फर्किएका थिए । घरफर्के लगतै जिल्ला प्रहरी कार्यालय सल्यान र आर.आइ.टी कर्णाली प्रदेशले उनले आइतबार जेठ २२ गते गाउँबाटै पक्राउ गरेको हो । अहिले उनलाई फैसला कार्यन्वयनको लागी जिल्ला कारागार सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार