• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाका केन्द्रीय सदस्य ‘आदर्श’ र ‘असल’सहित ४ जना रिहा, जिवन्त पुनः गिरफ्तार


असार २३, धरान । इलाका प्रहरी कार्यालय धरानमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना नेताहरु रिहा भएका छन् भने एकजना पुनः गिरफ्तार भएका छन् । रिहा हुनेमा केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ र चन्द्र बहादुर खड्का ‘असल’ सहित सुनसरीका २ जिल्ला स्थिरीय नेता रहेका छन् । तर पोलिटब्यूरो सदस्य जिवन्तलाई भने प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालत सुनसरीले सोमबार उनिहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि अदालत परिसरबाटै पोलिटब्यूरो सदस्य जिवन्तलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो भने अन्य ४ जना रिहा भएर आफ्न्तको सम्पर्कमा आइसकेका छन् ।

अहिले जिवन्तलाई नुवाकोट लिने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । केन्द्रीय सदस्य आदर्श र असल गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गर्दा राम्रीबाट गिरफ्तार भएका थिए । दुवैलाई दाङ प्रहरीले  हिरासतमा राखेपछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर पुन गिरफ्तार गरि प्रहरीले धरान पुर्याएको थियो । त्यसपछि उनिहरु जिल्ला अदालत सुनसरीको आदेशमा आज रिहा भएका हुन् ।

सल्यानको दार्मा घर भएका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । उनि सहिदका छोरा हुन् । शसस्त्र जनयुद्वका समयमा उनका बुबालाइ सरकार पक्षले मारेको थियो । उनि जनयुद्वकै समयदेखि माओबादीमा क्रियाशिल नेता हुन् ।

त्यस्तै ‘आदर्श’ रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । उनलाई गाउँमा विकासप्रेमी नेताको रुपमा पनि लिइन्छ । भौगोलीक हिसावले दुर्गम मानिएको रोल्पाको पश्चिम क्षेत्रले उनकै पहमा विकासको गति लिएको स्थानीयहरु बताउछन् ।

सिंगो तत्कालिन माओबादी पार्टीको बेला उनि रोल्पा जिल्ला सेक्रेटरी भएर काम गरेका थिए । उनि अहिले विप्लव नेकपा पार्टीका न्याय विभाग प्रमुख समेत हुन् ।

 

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार