• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिकाले एउटा बिरुवा हुर्काए बापत २० रुपैया दिने


असार २४, सल्यान । सल्यानको शारदा नगरपालिकाले “एक बिरुवा, बीस रुपैया” अभियानको यो वर्ष आज मंगलबारदेखी सुरुवात गरेको छ । नगरको वडा नम्बर ३ बाट अभियान सुरुवात भएको हो ।

गत वर्षको असारमा नगरका १५ वटै वडामा १५ हजार बिरुवा निशुल्क बितरण गरेर बिरुवा उमार्ने नगरवासी लाई प्रती बिरुवा २० रुपैया अनुदान दिने शानपाले घोषना गरेको थियो । अभियानको सुरुवात गर्दै शारदा नगर प्रमुख सुरेश अधिकारीले हरियाली युक्त नगर र स्वच्छ जीवनस्तर वनाउने उदेश्यका साथ अनुदानको व्यवस्था गरिएको बताए ।

उनले वातावरनको बिनासले मानविय सङ्कट उत्पन्न भैरहेको भन्दै वातावरणको रक्षा गर्ने अभियान स्वरुप बिरुवा उमार्ने नगरवासी लाई प्रोत्साहनका लागि अनुदानको ब्यवस्था गरिएको स्पस्ट पारे । प्रत्यक नगरवासिले आफ्नो जन्मदिन पारेर कम्तिमा एउटा बिरुवा रोप्न अनुरोध गर्दै अधिकारिले भौतिक बिकास मात्र नभएर मानबिय बिकास पनि नगरको लक्ष रहेको दोहोर्याए ।

अभियान प्रारम्भका क्रममा वडा नम्बर ३ का अध्यक्ष टोप बहादुर थापा पनि उपस्थिती थिए । नगर कृषि कार्यालयका अनुसार गतबर्ष वितरित बिरुवा मध्य ३ हजार बढी बिरुवा हुर्किएको तथ्याङ्क छ । १५ वटै वडा बाट लिइएको तथ्याङ्क अनुसार बिरुवा हुर्काउने नगरवासी लाई सम्वन्धित वडा बाटै अनुदान उपलब्ध गराइने नगरले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार