• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात, एउटै किसानको २० लाख आम्दानी


असार २४, सल्यान । सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित टिमुरका बिरुवाहरुको पछिल्लो समय माग बढ्दै गएपछि ४० जिल्लामा निर्यात हुँदै आएको हो ।

उत्पादित टिमुरका बिरुवाहरु सबै क्षेत्रहरुमा रोप्न सकिने र गुणस्तरीय हुने भएकाले यसको माग उच्च रहेको हो । जिल्लाका बिभिन्न कृषकहरुले नर्सरी नै स्थापना गरेर फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटका ३५ वर्षिय तिलक शर्माले ४ रोपनी जग्गामा नर्सरी स्थापना गरेर नै टिमुरका बिरुवा उत्पादन गर्दै आएका छन् । उनले अहिले आफुसँग झण्डै डेढ लाख बिरुवा भएको बताए । .

उनले टिमुरका बिरुवा संखुवासभा देखी बैतडी सम्मका महाभारत श्रंखलाका ४० जिल्लाबाट माग आएको बताए । उनले भने, ‘यस सिजनमा मैले झण्डै एक लाख ५० हजार टिमुरका बिरुवा उत्पादन गरेको छु, ४० जिल्लाबाट ३ लाख बिरुवाको माग आएको छ, माग अनुसारको बिरुवा पु¥याउन सकेको छैन् ।’

शुरुका केही वर्ष नर्सरीबाट सोचेजस्तो आम्दानी हुन नसकेपनि निरन्तर व्यवसायमा लागेपछि अहिले वार्षिक १५ देखि २० लाख रुपैँया आम्दानी भैरहेको उनले बताए । ग्राहकहरु नर्सरीमै आएर बिरुवा लिने भएकाले बजारीकरणको कुनै समस्या नभएको उनको भनाई छ ।

 

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार