• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबिच भिडन्त, गोली लागेर दुवैतर्फ १/१ जनाको मृत्यु


असार २५, भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ । दुवैले फाइरिङ गर्दा एक प्रहरी जवान र विप्लवका जिल्ला इन्चार्जको मृत्यु भएको छ ।

 

प्रहरीले चलाएको गोली लागेर विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज निर कुमार राईको मृत्यु भएको छ भने प्रहरी तर्फ प्रहरी जवान सन्जिव राईको मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसपी रमेश थापाले पुष्टि गरे ।

 

घटना आज बिहान साढे ८ बजेतिर भएको हो । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार