• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सधै सर्वसाधरण हिड्ने हिलाम्य बाटोमा रातो कार्पेट लगाएर प्रधानमन्त्रीको सवारी


असार २५, काठमाडौँ । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो ।

प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे । कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो ।

त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो । यही हिलाम्य बाटोमा सबै सर्वसाधारणहरु हिड्ने गर्छन् ।

 

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार