• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको ‘फारुला क्याम्पस’ सौचालय विहीन !


प्रकाश शर्मा/असार २५, सल्यान । सल्यानको दार्मा गाउपालिकाको मुकाम फारुलामा रहेको फारुला बहुमुखि क्याम्पस सौचालय बिहिन बनेको छ । त्रिभुवन विश्व विद्ययालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालमा स्थापना भएको फारुला क्याम्पस अहिले जनज्योति मा.वि. फारुलाको जमिनमा रहेका भवनबाट संचालन हुँदै आएको छ ।

क्याम्पसको नाममा २ आना जमिन मात्र रहेको छ । क्यामपसमा सौचालय नहुँदा बिद्यार्थी, शिक्षक तथा कर्माचारीहरुलाई समस्या हुने गरेको छ ।

सबैजसो सार्वजनिक निकायमा लैङगिक मैत्रि सौचालय हुनुपर्ने बहस भैरहदा शैक्षिक जागरण फैलाउने थलो रहेको क्यामपसमा सामान्य सौचालय नहुँदा आफुहरुलाइ निकै समस्या पर्ने गरेको क्यामपसमा अध्यानरत विद्यार्थीहरुले गुनासो गरेका छन ।

क्यामपसमा सौचालय निर्मानका लागि ध्यानाकर्षण गराउदा समेत सौचालय निर्मान नभएको क्यामपसका स्ववियु सचिब दिक्षायात्री केसीले बताए । बिएड तह सम्मको पढाइ हुने यस क्यामपसमा स्थापना काल देखि सौचालय नभएको र आर्थिक समस्याका कारण बन्ना नसकेको क्यामपस सहायक प्रमुख दिपक शर्माले बताए ।

यता दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले क्याम्पस र मावि एउटै कम्पाउण्डमा भएकाले अर्को छुट्टै सौचालयको त्यति धेरै महत्व नभएको बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले माविकै कम्पाउण्ड भित्रैबाट क्याम्पस चलेको र माविकै सौचालय प्रयोग भैरहेको बताए ।

तर क्याम्पसको लागी सौचालय बनाउन गाउँपालिकाले बजेट छुटइसकेको उनले बताए । अहिले ७ लाखको एउटा सौचालय बन्दै गरेको र प्रावि पनि त्यहि कम्पाउण्डमा ल्याएर छिटै अर्को सौचालय बनाउने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार