• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाले राख्यो यस्तो माग ?


असार २६, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सर्वोच्च अदालतको फैसला फिर्ता लिन माग गरेको छ । यही असार २४ गते सर्वोच्च अदालतले गरेको फैसला सच्याउन उक्त पार्टीले माग गरेको हो ।

जनयुद्धमा सहभागी झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्वीकार्य भएको नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तीमा छ, “असार २४ गते सर्वोच्च अदालतले गरेको निजहरुको सम्बन्धमा गरेको फैसला फिर्ता गर्न र वहाँहरुलाई स–सम्मान रिहा गर्न पार्टी जोडदार माग गर्दछ ।”

प्रचण्डले नेतृत्व गरेको तत्कालिन माओबादीको दश बर्षे जनयुद्वको बेला झलकुमार भगत र सिंहबहादुर शाहीले नेपाली सेना छोडेर माओवादीमा आइ युद्व लडेका थिए ।  तर अहिले प्रचण्ड बादलको सरकार हुँदा उनिहरुलाई नै जन्मकैदको फैसला सुनाइएको हो ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार