• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

भोजपुर गोलिकाण्ड : विप्लव नेकपाको आयो यस्तो धारणा ?


असार २६, भोजपुर । हिजो भोजपुरमा गोलिकाण्डपछि प्रहरी र विप्लव नेकपाका नेताको मृत्युपछि विप्लव नेतृत्वको नेकपा सगरमाथा ब्यूरोले आधिकारीक धारणा सार्वजनिक गरेको छ । नेकपा सगरमाथा इन्चार्ज अधिकारले एक विज्ञप्ती जारी गर्दै प्रहरीको प्रतिरोध गर्ने क्रममा जिल्ला ओखलढुंगा सेक्रेटरी निरकुमार राईको शहदत भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “भोजपुरका कमरेड तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिका वडा नम्बर २ दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्ने मध्यका मुख्य हत्यारो प्रहरी संजिव राई र उनको टोलिसंग असार २५ गते हाम्रो पार्टी सगरमाथा व्युरो सदस्य एवंम् ओखलढुंगा सेक्रेटरी निरकुमार राईको जम्काभेट हुँदा प्रतिरोध गर्नेक्रममा शाहदत भएको छ ।”

सेक्रेटरी निरकुमार राई भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट भएको विज्ञप्तीमा बताइएको छ । उनको मृत्युले पार्टीलाई अपुरणिय क्षेती पुगेको र दलाल पुजिवादी सत्ताको अवशानलाई अझ नजिक बनाउने काम गरेको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारले बताए ।

इन्चार्ज अधिकारले सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको र पार्टीको त्यही सदासयतालाई सरकारले दुरुपयोग गरेर देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत लगाएका छन् । विज्ञप्तिको अन्त्यमा इन्चार्जले भनेका छन्, ‘यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडहरुलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ । देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई महान् सहिद घोसणा गर्दै उंहाको सपना खेर जान नदिने प्रण गर्दछौं ।’

यस्तो छ विज्ञप्ती

 

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार