• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

बाँध भत्किदा रौतहटमा गाउँ डुब्यो, राजमार्ग अवरुद्ध


असार २७, रौतहट । अविरल बर्षाको कारण आएको बाढीले बाँध भत्किँदा रौतहटमा गाउँ डुबानमा परेको छ । दुई नदीको बाँध भत्किएर कटहरियाको लाल बकैया र  पुर्वबागमती नदीको बाँध भत्किएर आसपासका गाउँ डुबानमा परेको हो ।

बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ । बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए ।

यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास  गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास रोक्न नसकिएको मेयर श्यामप्रसाद यादवले जानकारी दिए ।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाध भत्केको ठाउमा प्रहरी परिचालन गरेको बताए । चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार