• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

अविरल वर्षाले घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु


असार २७, काभ्रे । अविरल वर्षका कारण बनेपा नगरपालिका-३ चुनातालमामा भूकम्पले क्षति पुर्‍याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी छन् ।

दंगालको परिवारमा सात सदस्य थिए। एकजना सुत्केरीसहितको उक्त परिवारका तीनजनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको छ । त्यस्तै थप दुईजना पुरिएको आशंकामा उद्वार कार्य जारी रहेको स्थानीय समाजसेवी प्रल्हाद हुमागाईंले जानकारी दिए ।

वर्षाकै कारण काभ्रे जिल्लाका विकट क्षेत्रहरु कोशिपारि, डाँडापारि, रोशी क्षेत्र, तेमाल भेग लगायतका ग्रामीण सडकहरु पूर्णरूपमा बन्द भएका छन् । भौगोलिक विकटताका कारण उक्त क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार