• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा दुलहा-दुलही सहित ४ जना विवाहमण्डपबाटै पक्राउ


असार २७, सल्यान । सल्यानमा विवाह गर्दागर्दै विवाहमण्डपबाटै एक जोडी सहित ४ जना पक्राउ परेका छन् । उनिहरुलाई बाल विवाह गरेको आरोपमा प्रहरीले पक्राउ परेको हो ।

स्थानीयले दिएको सुचनाको आधारमा बाल विवाह भएको खबर पाएपछि जिल्लाको शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलही, १७ वर्षीय दुलहा र ६५ वर्षीया दुलाहाकी आमालाई बिहिवार प्रहरीले पक्राउ गरेको जनाएको छ । बालविवाह गराएको आरोपमा पण्डित ६६ वर्षीय अशोक गौतम लाइ पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार विवाह सम्पन्न हुँन अन्तिम चरणमा थियो । अरोपित सबैलाइ प्रहरीले हिरासतमा राखेर  अनुसन्धान गरिरहेको जनाएको छ । नेपालको कानुनले २० बर्षमुनी विवाह गर्नेलाई बाल विवाह भन्ने गरेको छ । कानुनमा बाल विवाह गर्नेलाई ३ कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

संकेतिक फोटो

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार