• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बगाएको सिलिण्डर समाउन खोज्दा कलंकीमा एक जनालाई बाढीले बगायो


असार २७, काठमाडौं । यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

बिहीवारयता भइरहेको अबिरल वर्षाका कारण तराईका भूभाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन् । काठमाडौंका कैयन भूभाग जलमग्न बनेका छन् ।

बाढीका कारण कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ । वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् ।

त्यस्तै कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ भने खसी बजार क्षेत्रमा पनि बाढी पसेको छ।  बाढीले एउटा ग्यास  पसल नै बगाएको छ। यस क्रममा बल्खु खोलाको बाढीले एक जनालाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्त कलंकीबाट बेपत्ता भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । खोलामा बगेका केहि सिलिन्डर भने स्थानीयले निकालेका छन्।

 

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार