• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कमला नदीको बाढीमा ६० वर्षीय वृद्ध बिहानदेखि रुखमा झुन्दिएर हारगुहार गर्दै


असार २७, काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको बाढीमा एकजना फसेका छन्। नदीमा पानीको बहाव बढेकाले उनलाई उद्धार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ। उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन्। भारी वर्षा भइरहेको छ।

स्थानीय प्रत्यक्षदर्शी सरोजकुमार पासमानकाअनुसार गुद्रु मुखिया कमला नदीको बगरमा पहिलेदेखि बस्दै आएका थिए। बिहीबार रातिदेखि आएको बाढीले उनको घर बगाइसकेको छ। उनी रुखको हाँगा समातेर बसिरहेको उनले सुनाए।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको उद्धार टोली तयारी अवस्थामा त्यहाँ पुगेका छन्। तर, वर्षा र नदीमा आएको अध्यधिक बाढीका कारण उनीहरु ती वृद्धलाई उद्धार गर्न सकेको छैन्।  उद्धार गर्न  पुगेकाहरु नदीको डिलमै उभिएका छन्।

घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार हेलिकप्टरबिना उद्धार हुने सम्भवना कम देखिएको छ। ‘अविरल वर्षाका कारण नदीमा बाढीको बहाव बढ्दोछ, ‘ उनले भने, ‘उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ।’ वर्षाले गर्दा काठमाडौंबाट हेलिकप्टर उडान हुन नसकेको जानकारी आएको उनले बताए।

फाइल फोटो

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार