• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

पहिरोमा पुरिएर काठमाडौंमा एकैघरका ३ जनाको मृत्यु, देशभरी ११ जनाले ज्यान गुमाए


असार २७, काठमाडाैं । अविरल वर्षाका कारण  काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको बताए ।

स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो।

त्यस्तै काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा पनि डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार