• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यान खलंगा-बालुवासंग्रही सडक पहिरोले अबरुद्ध


असार २८, सल्यान । सल्यानबाट सुर्खेत जोड्ने खलंगा बालुवासंग्रही सडकमा पहिरो जाँदा यातायात ठप्प भएका छन् । अविरल बर्षाका कारण गएराती बनगाड कुपिण्डे नगरपालिकाको बाबिया चौरदेखि माथि ज्यामिरे नजिकैको भिरमा पहिरो जाँदा यातायात ठप्प भएका हुन् ।

सल्यान बाट सुर्खेत जोडने मुख्य सडक अबरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । केही यात्रुहरु भने बिचबाटै फिर्ता भएका छन् । सडक खुलाउन स्थानीय सरकार र प्रशासनले पहल गरेपनि पानी परिरहेको कारण र ठूलो पहिरो भएकोले कठिन भएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

अहिले नगरपालिका र ट्राफिक प्रहरीको पहलमा पहिरो पन्छ्याउन डोजर पुगेको ट्राफिक जवान खेम केसीले बताए । उनकाअनुसार पहिरो हटाउन केही समय लाग्ने देखिएको छ ।

बर्खा याम सुरु भएसँगै यो सडक जोखिमपूर्ण मानिएको छ । प्रशासनसँग कुरा गरेर अब देखि यो बर्खायाममा ठुला गाडीमा रोक लागाउने ट्राफिक केसीले बताए ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार