• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

हावाहुरीले सल्यानमा विद्यालयको छाना उडाउदा लाखौको क्षेती


असार २८, सल्यान । अविरल बर्षा सँगै आएको हावाहुरीले सल्यानमा एक विद्यालयको छाना उडाउदा लाखौको क्षेती पुगेको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर ३ मा रहेको निराजन माध्यामिक विद्यालयको दुईकोठे भवनको छाना उडाउदा भवन भित्र रहेका २० थान कम्प्युटर लगायत थुप्रै कागजपत्रमा क्षेति पुर्याएको छ ।

शनिबार दिउसो २ बजेतिर भिषण बर्षा सँगै आएको हावाहुरीले भवनको छाना उडाउदा भवन भित्र रहेका २० थान कम्प्युटर, लेखाशाखाका सम्पुर्ण कागजपत्र लगायत अन्य समाग्रीमा समेत क्षेति पुर्याएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तिले जानकारी दिए । उनका अनुसार हावाहुरीले क्यान्टीन संचालनमा आएको भवनको छाना समेत उडाएर क्यान्टीन भित्र रहेका सम्पुर्ण सामानमा क्षति पुर्याएको छ ।

दिउँसो कार्यलयमा बसेर काम गरिरहदा एकासी हावाहुरीले भवनको छाना उडाएको प्रअ घर्तिले बताए । हावाहुरीले करिब १० लाख बराबरको क्षेति पुर्याएको हुन सक्ने उनको भनाई छ ।

उनले भने, लेखाशाखामा रहेका सम्पुर्ण कागजपत्र भिजेको छ । जस्तापाता उडाएर ५ सय मिटर टाढा लिएको र पुर्णरुपमा क्षेति पुर्याएकाले काम नै नलाग्ने अवस्थामा पुगेको छ ।अहिले भवन भित्र रहेको सबै सामान सुरक्षित स्थानमा सारिएको प्रअ घर्तिले बताए ।

शनिबारको दिन भएको र बिदाको दिन भएकाले मानविय क्षेति हुन बाट जोगिएको बताईएको छ । उक्त दुईकोठे भवनमा कम्प्युटर कक्षा र लेखाशाखा संचालनमा आईरहेको थियो ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार